१६ महिना सम्म अस्पतालमा बन्धक ब्याक्तिलाई प्रहरीले उदार गर्दै ,,
भाद्र १५ , काठमाण्डौ – उपचार शुल्क तिर्न नसक्दा बुटवलको जेनस अस्पतालले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई १६ महिना बन्धक बनाएर राखेको खुलासा भएको छ। बिक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर अस्पतालले उनको हातमा १५ लाख रुपैयाँको बिल थमाइदिएको थियो । गरिबीका कारण बिक संग तेत्रो पैसा ल्याउने ठाँउनै थिएन। उनले जेनतेन एक कठ्ठा जति भयको जग्गा एक लाखमा बेचेर अस्पतालमा दिएका थिय।
तर अस्पतालले भने पन्ध्रलाख नदिए सम्मा उनलाई आफ्नो नियन्त्रणमा राखेको खबर प्रारम्भिक अनुसन्धानका क्रममा जनाईएको छ ।अस्पतालले भने यसबारे केही बताएको छैन । अस्पतालका सञ्चालक डा. मोहन सिंहसँग जानकारी लिन सम्पर्क गर्दा उनको मोबाइल स्वीच्ड अफ थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले युवक अस्पतालमा बन्धक भएको जानकारी पाएसँगै उद्धारकाे तयारी थालेको जानकारी दिएका छन् ।जेनस अस्पताल एक निजि अस्पताल हो ।