१८ बुँदे घोसनापत्र सहित बिमस्टेक सम्मेलन सकियो ,,

भदौ,१५ काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । छ देशका राष्ट्रप्रमुख सहभागी भयको यो सम्मेलन काठमान्डौको सोल्टी होटेलमा सम्पन्न भएको हो। शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । सम्मेलनमा १८ बुँदे घोसनापत्र जारि गरियको छ प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।
