Simta
Simta
lekbesi

लुका बने मोड्रिक युरोपियन वर्ष खेलाडी घोषित ,,

Gurvakot

भदौ १५ ,एजेन्सी – क्रोएसियाका कप्तान तथा स्पेनिस फुटबल महारथी रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । मोड्रिकले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
२० अगस्टमा अन्तिम नामावलीका रुपमा मोड्रिक, रोनाल्डो र सलाहको नाम परेको थियो । हरेक वर्ष च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुने दिन दिइने उक्त अवार्ड यो वर्ष मोड्रिकले पाएका हुन् । मोड्रिकले मिडफिल्डर अप दी इयर र प्लेयर अफ दि इयर जितेका छन् । मोड्रिकले रसिया विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याएका थिए । त्यस्तै, विश्वकपमा उनले वेष्ट प्लेयर अर्वाड समेत हात पारेका थिए ।

Simta