Simta
Simta

ऋषि धमलाको चलचित्र अनुरागको ट्रेलर सार्बजानिक ,,

भदौ १५ ,काठमान्डौ -चलचित्र ‘अनुराग’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रलाई सत्यराजले निर्देशन गरेका छन् भने गीता भेटवाल यो चलचित्रकी निर्मात्री हुन् । ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको चलचित्रमा रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरमा बाल्यकालमा नै छुटेका साथीको कथालाई उठान गरिएको छ । चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । एरिका फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् । चलचित्रमा म्युजिकलि लाभ स्टोरी प्रस्तुत छ ।मिलन र बिछोडको कथा बोकेको चलचित्र अनुरागले दर्शकको मन जित्ने पक्का विश्वास छ ।

Simta