suekhet
bheriad

यति एयरको विमान दुर्घटना २१ जना सवार …..

lekabesi

भदौ १६ , काठमाडौं – नेपालगञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ । जहाजमा २१ यात्रु रहेको र सबै सकुशल रहेको प्रवक्ता ठाकुरले जानकारी दिएका छन् यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए । यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने जनाएको छ ।जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । अहिले विमानस्थल बन्द छ दुर्घटनाबारे विस्तृत जानकारी आयको छैन।