१२ घण्टा पछि विमानस्थल सुचारु ,,

भाद्र १७ , काठमान्डौ – नेपालको एकमात्र अन्तरास्ट्रिय त्रिभुवन विमानस्थल १२ घण्टा पछि सुचारु भएको छ ।यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १२ घण्टादेखि बन्द भएको थियाे । गयराति आकाशमै रहेका जहाजहरु डाईभर्ट भई नजिकका विमानस्थलमा अनवरण भएका थिए।

नेपालगञ्जबाट चालक दलका सदस्यसहित २१ यात्रु लिएर आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लेर घाँसे मैदानमा पुगेको थियो। यात्रु सबै सकुशल छन् । भाग्य मान्नु पर्छ यो ठुलो दुर्घटना हुन सक्थ्यो । , नेपालमा केहि महिना आगाडी बाट त्रिभुवन विमानस्थलमा दुर्घटना हुने क्रम बढेको देखिन्छ ।

यति को जहाज अहिले घाँसे मैदानबाट हटाईएको प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।विमास्थल १२ घण्टा सम्म बन्द हुँदा विदेशबाट आएका जहाज डाईभर्ट गरेर कोलकाता , लखनउ , विराटनगरबाट उडेको जहाज भैरवामा अवतरण गरिएको थियो ।

lekbesi