आज कृष्णजन्माष्टमी मन्दिरमा मेला ,,

भदौ,१७ काठमाडौं – आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । पाटन कृष्ण मन्दिरमा दर्शन तथा प्रसाद ग्रहण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि ललितपुर जाँदैछिन् ।

भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथनलाई मानेर यो कृष्ण जन्मस्टमि मनाईनछ।

पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवनतधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा मेला लागेको छ । आज हिन्दुनारीहरु बिहानै देखि स्नान गरि पानि समेत नपियर वर्त बस्ने चलन छ।