प्लाष्टिकको थैलोमा भेटिए १४ नवजात शिशुको शव ,,

भदौ , १७ एजेन्सी – भारतको कोलकत्ताको हरिदेवपुर क्षेत्रमा १४ नवजात शिशुको शव प्लाष्टिकको बाकसमा भेटिएको छ । भारतीय प्रहरीहरुका अनुसार ती शिशुको शव मजदुरहरुले सरसफाईका क्रममा खाली जमिनमा फेला पारेका थिए । यो समाचारले भारतको कोलकोतामा अहिले सनसनी फैलीएको छ ।घटनालाई सत्य तथ्य बाहिर ल्याउन कोलकत्ताका मेयर सोवन चटर्जी र त्यहाँका उच्च प्रहरी अधिकारीले समेत गम्भीर चासो व्यक्त गर्दै अनुसन्धानलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेका छन् ।

प्रहरीले प्लाष्टिकको बाकसमा भेटिएका शिशुका शव नजिकै रहेको स्वास्थ्य केन्द्र र त्यहाँ गरिएका गर्भपतनबाट गायब गर्ने क्रममा राखिएको हुनसक्ने अनुमान आशंका गरेको छ । भारतीय प्रहरीले खाली जमिनमा प्लाष्टिकको बाकसमा त्यति धेरै शव कसरी भेटिएका भन्ने विषयमा गम्भीर अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो घटनामा ठूलै षडयन्त्र हुनस सक्ने दाबी गरेका छन् ।
