suekhet
bheriad

सल्यानमा पहिरो बाट एकै घरका ३ बालबालिकाको मृतु ,,

lekabesi

भदौ १८ , सल्यान – सल्यानमा पहिरो बाट एकै घरका ३ जनाको मृतु भयको छ। सल्यान जिल्लाको बागचौर नगरपालिका,१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरो पुरिएर मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो ।

बाबुआमा भैंसी दुहुन गएको र बालबालिका भान्साकोठामा बसीरहेको बेला पहिरोले घरको भित्ता भत्काउँदै उनीहरुलाई पुरेको थियो । घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगेको थियो । तर, रातभर पानी परेको र पहिरो पनि खस्ने क्रम जारी रहेकाले सोमबार बिहान मात्र शव बाहिर निकाल्न सकिएको डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।बालाराम र उनकी श्रीमती बेहोस् भएका छन् , उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, डिएसपी वीरेन्द्रबहादुर शाही र नेपाली सेनाका गुल्मपति रामकृष्ण श्रेष्ठको टोलि पुगेको छ।