बलात्कार प्रकरण सुनसरीका एसपी र इन्सपेक्टर निलम्बन ,,

२४ माघ – काठमाडौं : गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरेको छ।

प्रहरी मुख्यालयले पुस १६ गतेको बलात्कार घटनाका पीडकलाई मिलापत्र गराएर छाडेको भन्दै छानबिनका लागि एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बनको माग गर्दै प्रहरी मुख्यालयले मंगलबार गृहमन्त्रालयमा पत्र पठाएको थियो।

घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न आग्रह गरेको थियो।

१४ वर्षिया बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको हो। समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ। प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका हुन्।

बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए। तर, मुद्दा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो।

इटहरी –२० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ। यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन्।

यसलाई पनि पढ्नुहोस

महिला शौचालयमा भिडियो खिच्न खोज्ने सुन्धाराबाट पक्राउ


२४ माघ, काठमाडौं । महिला शौचालयमा प्रवेश गरी भिडियो खिच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती–८ का रमेश श्रेष्ठ छन् ।

बुधबार बिहान साढे बजे सुन्धारास्थित सीटीसी मलको महिला सार्वजनिक शौचालयमा प्रवेश गरी लुकिछिपी मोबाइलबाट भिडियो खिच्न खोजेको पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् । पीडित महिला नेपाल सरकारको अधिकृत तहको कर्मचारी भएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहन थापाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान सुरु भएको छ ।