Gold

सर्वोच्च अदालतको फैसला पछि रिहा भयका प्रकाण्ड पुन पक्राउ ,,

Naumule Migrate

भाद्र १९ , काठमान्डौ – नेकपा नेतृत्व नेत्र विक्रम चन्द विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अद्लाताले रिहा गर्न आदेश दिएपनि प्रकाण्ड अदालत परिसरबाटै पुन पक्राउ परेका छन्। नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिए लगत्तै नेपाल प्रहरीले भोजपुरमा बम पड्काएर ज्यान मार्ने प्रयास गरेको अभियोगमा पक्राउ गरेको छ। अदालत बाटै पक्राउ गरि उनलाई भोजपुर लागिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमबार अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई अपमान गरेको भन्दै नुवाकोट जिल्ला अदालतका न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको थियो । गत साउन २२ गते पक्राउ परेका विश्वकर्मालाई विभिन्न अभियोग लगाएर थुनामा राखेको समयमा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटको आदेश दिँदै गैह्रकानूनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिए पनि चौथो पटक प्रहरीले पक्राउ गरेको हो। उनि प्रति कतै ७ करोड चन्दा असुली त कयै स्काईभेटरमा आगजनीको मुद्दा लागेको छ ।तर तेस्मा उनको संलग्नता एथेसट कुनै प्रमाण नभयको अदालतले पुष्टी गरेको छ ।

Naumule Badhipahiro