हङकङसँग हार बेहोरेपछि नेपालको एसिया कप खेल्ने सपना अधुरै ,,
भदौ १९ ,काठमाडौं – मलेसयामा जारी एसिया कप छनोट खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाइ ९५ रन मात्रै बनाएको थियो । ९६ रनको लक्ष्य हङकङले ३३.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालका बलरले हङकङलाई लक्ष्य भेटाउन निकै चुनौती दिए। निकै झिनो लक्ष्य भएका कारण नेपाल जितबाट बञ्चित बन्यो ।
नेपाली बलरले सुरुमा ३ विकेट, पछिल्लो समय लगातार ४ विकेट लिएर केही आशा जगाएको भए पनि निकै झिनो लक्ष्य भएकाले त्यसले हङकङको जितका लागि कुनै असर गरेन । नेपालका लागि सन्दीप लामिछानेले मात्रै हङकङको ५ विकेट लिए । १० ओभरमा दुई मेडनसहति २७ दिएर मात्रै दिए। सागर पुनले १ र वसन्त रेग्मीले १ विकेट लिए । नोपलमाथि जित हात पारेको हङकङले फाइनलका लागि स्थान सुरक्षित गरेको छ । हङकङले एसिया कप छनोटका लागि ओमान र यूएईबीचको बिजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।