मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल यो साताबाट पुन: प्रसारण ,,
भदौ १९ , काठमान्डौ – लामो समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको हास्य टेलिश्रृंखला पुन प्रसारण हुने भयको छ । तीन वटा टेलिश्रृंखलाको यसै महिनाबाट प्रशारण सुचारु हुँदैछ । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेको छ । मिडिया हबका प्रमुख सोम धितालका अनुसार प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएको हो ।
आगामी असार मसान्तसम्मका लागि सम्झौता भएको छ ।मेरी बास्सै’को प्रशारण मंगलबारबाट सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबार प्रशारण हुनेछन् । ‘मेरी बास्सै’ मा धुर्मुस र सुन्तली भने देखिने छैनन् । उनीहरु अहिले फिल्म निर्माणको तयारीमा छन् । अहिले राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले मेरी बास्सैको निर्देशन गर्नेछन् ।यसैगरी ‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका छन् । भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ ।