५ करोड लगानीमा बनेको चलचित्र द म्यान अफ काठमान्डौको ट्रेलर सार्बजानिक ,,
भदौ १९ , काठमान्डौ – नेपालमा सबैभन्दा अहिले सम्म बढी लागानी गरिएको भनेको चलचित्र द म्यान अफ काठमान्डौ ले आफ्नो ट्रेलर सार्बजानिक गरेको छ । चलचित्रमा ५ करोड लगानी भयको निर्माण पक्षले दाबी गरेको छ ।चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरियको हो। आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर-पोस्टर लन्च गरियो । पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई मुकुन्डो लगाइएको छ ।
चलचित्रलाई विश्वभर एकसाथ रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रका निर्देशक पेमा धोन्डुप तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए । चलचित्रमा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।
कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।चलचित्रले अतिवादी सोच भएको एक हिन्दु,मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथालाई उठान गरेको छ । सीएनएनमा एउटा लेख पढेपछि मनमा यौटा कथा जन्मिएको धोन्डुपले भने ।त्यहि कथालाई दुईवर्ष रिसर्च गरि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको छ । चलचित्रलाई त्रिक्टि पिक्चरले प्रस्तुत गरेको छ ।

https://youtu.be/Wd1AYY3Heho