पाकिस्तानको नँया १३ औं राष्ट्रपतिमा आरिफ ,,
भदौ १९,एजेन्सी- पाकिस्तानमा मंगलबार भएको निर्वाचनमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक ए,इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित भएका छन् । अल्भी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गर्दै राष्ट्रपतिमा विजयी भएका हुन् ।उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग नवाजको समर्थनमा जामियत उलेमा इ ,इस्लाम पार्टीका मौलाना फजलूर रहमानले १३१ मत प्राप्त गरेका छन् भने पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले ८१ मत प्राप्त गरेका छन् । ६ मत खारेज भएको पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन् ।
निर्वाचनमा संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिएका थिए । निर्वाचित राष्ट्रपति अल्भी प्रधानमन्त्री इमरान खानका निकटस्थ र पूर्व चिकित्सक समेत हुन् ।
अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग,नवाजको समर्थनमा जामियत उलेमा इ इस्लाम पार्टीका मौलाना फजलूर रहमान र संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको थियो ।