जापानमा शक्ति शालि आँधीबाट लाखौ घाईते ,,

भाद्र २० , काठमान्डौ – विगत लामो समयदेखिनै भुकम्प र आँधीबाट मारमा झेल्दै आयको जापानमा पुन: शक्तिशालि आँधी गयको छ ।आँधी बाट सात जनाको ज्यान गयको र लाखौ भन्दा बढी घाईते भयको बिबिसीले जनायको छ। रेलको छत गाडी ,घर समेत उडाउने गरि आयको आँधी २५ वर्षकै ठुलो भएको स्थानिय समाचारले उल्लखे गरेका छन् । बीबीसीका अनुसार ओसाकाको कान्सै अन्तर्राष्ट्रिय विमानस्थल बाढीले घेरिएको छ । आँधी र पहिरोबाट दश लाख प्रभावित भएका छन् , आँधी, बाढी र भू–क्षयको खतरा बढेपछि सरकारी अधिकारीहरुले घर छाड्न मानिसहरुलाई निर्देशन दिएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।आँधी र बाढीपछि सयौ हवाई सेवा, रेल तथा डुंगाहरुको सेवा रद्द गरिएको छ । आँधी संगै कतिपय ठाँउमा पहिरो समेत गयको छ ।अझै खतरनाक हावा हुरी हुन सक्ने मौसमविदले जनायका छन्।