suekhet
bheriad

नेकपा अध्यक्ष प्रचण्ड भोलि भारत जाने ,,

lekabesi

२० ,भदौ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भ्रमणका लागि बिहीबार भारत जाने भएका छन्। दाहाल भारतीय प्रधानमन्त्री मोदी तथा अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने उनको निजि सचिवालयले बतायको छ ।प्रचण्ड दाहाल नेकपाको अध्यक्षका हैसियतमा भारत भ्रमण जान लागेका हुन्। दाहालले विकाका एजेनडा लिएर भारत जान लागेको बताए ।चार दिनको भ्रमण पछि दाहाल स्वदेश फर्किने छन्। २०७४ मा संसदीय चुनाव भएर नेकपाको सरकार गठन र पार्टी एकतापछि दाहाल पहिलो राजनीतिक भ्रमणका लागि भारत जान लागेका हुन्। भारत भ्रमण पछि आँउदो असोज १ गते दाहाल चिन भ्रमण जाने सेडुल छ।