suekhet
bheriad

फेरी बढ्यो पेट्रोलको मूल्य ,,

lekabesi

भाद्र २० , काठमान्डौ – नेपाल आयलनिगमले फेरी पेट्रोलमा मूल्य बढाएको छ। निगम संचालक समितिको आज बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो। निगमले पेट्रोलमा १ डिजेलमा ३ र ग्याँसमा २५ रुपैँया बढाएको हो। आयन निगमका अनुसार पछिल्लो १५/२० दिनमा अन्तरास्ट्रीय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा उलेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल ,भारतीय मुद्राको अवमुल्यन भएको भन्दै सोहि मुताविक ईण्डियन आयल कर्पोरेसनबाट १ सेप्टेम्बर बाट बढेर आयको हुनाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।बृद्दी भयको मूल्य बुधबार राति १२ बजे बाट लागु हुने निगमले बताएको छ ।आयल निगमका अनुसार अब पेट्रोल प्रति लिटर १ सय १२ ,डिजेल प्रतिलिटर ९८ र खान पकाउने एलपी ग्याँस १ हजार ४ सय भयको छ।