Simta
Simta
lekbesi

प्रचण्ड दाहाल आज ३ बजे एयर ईण्डियाको विमान बाट भारत जाने ,,

Gurvakot

२१ भदौ ,काठमान्डौ – नेकपाका अध्यक्ष पुस्कमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् ।विकासका एजेण्डा बोकेर भारत जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनायको छ । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । उनि भारत सरकारको निमन्त्रणामा भारत जान लागेका हुन् । प्रचण्ड आज दिउसो ३ बजे एयर ईन्डियाको विमान बाट भारत सम्मको यात्रा रहने छ । उनको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहनेछन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्डको भ्रमण सेड्युलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ तालिका पनि छ । त्यसपछि उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने तय भएको छ । प्रचण्ड ४ दिनको भेटघाट पछि २४ गते स्वदेश फर्किने छन् ।भारत बाट फर्के पछि प्रचण्ड असोज १ गते चीन जाने छन् । दाहाललाई चीनले पनि विशेष भेटघाटका लागि निमन्त्रणा गरेको छ ।

Simta