सुर्खेत घुमखहरेमा तीजको रौनक गायिका टिका पुन ,गायक धनराज चुनारा लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने ,,

Naumule

 

Gurvakot

२१ भदौ , सुर्खेत – नव युवा संजाल घुमखहरेले आयोजना गरेको छैठौ घुमखहरे तीज महोत्सव तथा खेलकुद कार्यक्रम सुरु भयको छ ।कार्यक्रमलाई गुर्भाकोट नगरपालिकाका माननीय ठमर बिस्टले उद्घाटन गरेका छन् । गुर्भाकोट नगरपालिका अन्तर्गत घुमखहरेमा प्रतेकवर्ष यसरीनै तीज महोत्सव हुने गर्दछ ।महोत्सवमा चर्चित गायक गायिका र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ। महोत्सवलाई सुन्दर अनि मनोरंजन गराउने हेतुले चर्चित गायिका टिका पुन पनि घुमखहरेमा पुगेकी छिन।

महिला हरुको चाड हरितालिका तीज नजिकिदै गर्दा गाँउ, देखि सहर सम्म मेला , महोत्सव सुरु हुने गर्दछन ।कार्यक्रम आज २१ गते सुरु भयर भोलि २२ गते सम्पन्न हुने छ। दर्शकको माग अनुसार समय मिलेमा कार्यक्रमको समय बढाउने पनि गायक धनराज चुनाराले जानकारी दिय ।आज टिका पुनको प्रस्तुति रहेको थियो। दिदि बहिनि र दाजु भाईले भरि भराउ भयको मेलामा पुनले छमछमी दर्शकलाई नचाईन ।, भोलि चर्चित गायक धनराज चुनाराको बेजोड प्रस्तुति रहने छ। साथै स्थानिय कलाकारको पनि प्रस्तुति रह्यो ।तेसै गरि कार्यक्रममा विभिन्न खेलकुद पनि हुने छन् ।गुर्भाकोट नगरपालिका सुर्खेत ,गंगामाला बचत तथा ऋण सहकारी ,समाज जागरण केन्द्र स्याक नेपालले कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ।

Bangad kupinde