प्रचण्डले उठाय सिमाना र लुटपातको कुरा ,,

भदौ २२, दिल्ली – चार दिन सम्म भारतको भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सिमाना अतिक्रमण र सिमाना , भन्सार लुटपातको विषयमा कुरा उठायका छन्। शुक्रबार दिउसो भारतीय गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्तामा प्रचण्डले यो कुरा राखेका छन् ।गृहमन्त्री सिंहले सीमाक्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी अबका दिनमा यस्ता घटना हुन नदिने विश्वास दिलाएका थिए ।

भारतमा काम गरेर नेपाल फर्किने क्रममा विशेष गरी चाडपर्वको समयमा धेरै नेपालीलाई भारतीय सुरक्षाकर्मी र सर्वसाधरणले लुट्ने गरेको गुनासो आइरहेका बेला प्रचण्डले यसबारे भारतीय गृहमन्त्रीसँग कुरा गरेका हुन् । भेटमा नेपाल,भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । प्रवासी भेटघाट छलफलमा प्रचण्डले सिमाना र लुटपातको घटनामा गृहमन्त्रीको ध्यानआकर्षण गराएका थिय ।राजनीतिक भेटघाट र विकाशका पहल पछि दाहाल पर्सि स्वदेश फर्किने छन्।
