निर्मलाको अनुसन्धान सकियो छानबिन समिति आज काठमान्डौ फर्किदै ४ दिनमा गृहमन्त्रालयले जवाफ दिने ,,
भदौ २२ , कञ्चनपुर – निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन भयको छानबिन समिति आज काठमान्डौ फर्किदै छ। , छानबिन समितिले प्रहरीमाथि नै संकास्पदको संकेत गर्दै गम्भीर त्रुटी भयको पनि जवाफ दिएको छ। १५ दिन सम्म भयको छानबिन समितिले आज काठमान्डौ फर्कीयपछि ३ / ४ दिन भित्रमा प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक हरिप्रसाद मैनालीले बताए ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए ।अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो’ उनले भने ।
अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई दिएको उनले सुनाए ।उनका अनुसार तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले निलम्बन गरिएको हो । ‘सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले तत्काल प्रहरी प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेका हौं’। छानविन समितिका संयोजक मैनालीले भने, ।
‘अनुसन्धानमा खटिएका प्रहरीहरुसँग सोधपुछ हुन्छ । गत साउन १० गते निर्मलाको बलात्कार पछि हत्या भयको थियो। बिहान उखुबारीमा शव भेटिए पछि पारिवारिक श्रोत , स्थानियवासीले आवाज उठायका थिय ।प्रहरीले सत्य तथ्य पत्ता नलगाई मानसिक सन्तुलन ठिक नभएको मान्छेलाई उठाएर पेस गरेको थियो ।यसको विरुदमा स्थानिय जाई लाग्दा प्रहरीले गोलि चलाएको थियो। गोलि लागेर एक बालक ज्यान गयको थियो।