दिल्ली भ्रमणमा रहेका प्रचण्डले भने सार्क ब्यूँताउन चाहान्छौ ,,

२२ भदौ, काठमाडौं – भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् ।शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष देशको हैसियतमा नेपाल सार्कलाई ब्यूँताउने पक्षमा रहेको बताएका हुन् ।

‘एउटा अर्को महत्वपूर्ण क्षेत्रीय संगठन सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपलको यसलाई पुुन सक्रिय बनाउन चाहन्छ र पूर्वनिर्धारित शिखर सम्मेलन आयोजनाको वातावरणको प्रतीक्षामा छ’ उनले भने । प्रचण्डले सार्क र बिमस्टेकलाई एक अर्काको प्रतिस्थापक नभई परिपूरक रुपमा अघि बढाउने आफूहरुको चाहना रहेको उनले बताए ।

सार्कलाई ओझेलमा पार्न बिमस्टेकलाई सक्रिय बनाउन लागेको आरोप लागिरहेका बेला प्रचण्डले यस्तो धारणा राखेका हुन । काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले शान्त, समृद्धि र दिगो विकासका लागि कनेक्टिभिटी लगायत महत्वपूर्ण निर्णय गरेको पनि कार्यक्रममा बताए ।

lekbesi