नेपालले आज बंगलादेशको सामना गर्दै ,,

भदौ २३ ,काठमाडौं – साफ च्याम्पीयनसिपको तेस्रो खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूहको दोस्रो खेलमा भुटानविरुद्ध जित निकाल्दै सेमिफाइनलको सम्भावना कायमै राखेको नेपाल जित्नैपर्ने दबाबका बीच आयोजकविरुद्ध मैदान उत्रिँदैछ ।ढाकास्थित बंगबन्धु रंगशालामा खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार र दोस्रो खेलमा भुटानविरुद्ध शानदार जित निकालेको नेपाली टोली आयोजकलाई हराउँदै सेमिफाइनल पुग्ने रणनीतिमा छ ,भने आयोजक घरेलु दर्शक र मैदानको फाइदा उठाउने दाउमा छ । कप्तान विराज महर्जनले भने हामीले जसरि भएपनि यो खेल जित्ने पर्छ ।पहिलो अग्रता लिने टिमलाई सजिलो हुने भयकोले हामि पोस्टचार्जमा केन्द्रित हुनपर्छ । नेपालले दुई खेलमा ५ गोल गर्दै २ गोल खाएको छ भने बंगलादेशले दुई खेलमा तीन गोल गरेको छ ।