पहिलो हाफमा बंगलादेश विरुद्द नेपालले गर्यो एक गोल ,,

भदौ २३ ,काठमाडौं – साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । खेलको ३२ औं मिनेटमा पाएको फ्रि किक विमल घर्ती मगरले प्रहार गरेका थिए । स्ट्राइकर विमल घर्ती मगरले प्रहार गरेको बल रोक्न बंगलादेशका गोलरक्षक असफल भएपछि नेपालले एक गोलले अग्रता लिएको हो । सेमीफाईनलमा पुगन नेपालले बंगलादेशलाई पराजित गर्न पर्ने हुन्छ खेलको शुरु देखिने नेपालले पोस्ट चार्ज खेल खेलिरहेको छ ।