मन्त्रि फेरबदलमा प्रधानमन्त्रीले भनेको कुरा लागु हुन्छ प्रचण्ड ,,
भदौ,२४ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको र भ्रमण आर्थिक विषयमा पनि केन्द्रित भयको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने,। ‘
स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो । अहिले मन्त्रि फेरबदलको चर्चा चलिरहेको छ मन्त्रीको बारेमा प्रधानमन्त्री ज्युले जे भन्नु हुन्छ त्यहि हुने प्रचण्डको भनाई छ ।प्रधानमन्त्री ले जे भन्नु हुन्छ त्यहि आधिकारिक हुन्छ गल्ति गर्दा मन्त्रीलाई कारबाही हुन्छ प्रचण्डले भने।अर्को प्रसंगमा उनले आवश्यकता अनुसार पुरक बजेट आउन सक्ने पनि बताए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए । केहि दिनमा प्रचण्ड चिन भ्रमण जाने तयारी छ।