अपडेट : बेगनासतालमा मृतकको संख्या ८ पुग्यो ,,

भदौ २४ ,पोखरा – शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उद्दार टोलीले आइतबार ६ मृतकको शव तालबाट बाहिर निकालेको छ भने शनिबार नै २ जनाको मृत्यु भएको थियो ।
मृतहुनेमा ७ वर्षीय शंकर खनाल, ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनालको रहका छन् । कृष्णकुमारी बजगाईं र जमुना गैरेको पनि मृत्यु भएको छ । कृष्णकुमारी र जमुनाको शनिबार नै उपचारको क्रममा मृत्यु भएको हो ।

बेगनासस्थित कमलनाथ कँडेलको घरमा तीजको दर खान पुगेका आफन्तहरु तालमा घुम्ने क्रममा सो दुर्घटना हुन पुगेको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रहरीका अनुसार डुंगामा सवार कसैले पनि लाईफ ज्याकेट लगाएका थिएनन यस्तै तालमा डुबेका सपना खनाल र निशा पौडेलको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएकाे छ ।