गीत कभर भिडियो गर्नुहोस एक लाख पुरस्कार जित्नुहोस ,,

भदौ २४ ,, काठमाण्डौ – चलचित्र बाँध मायाले बोलको आउने जाने डान्सिङ् गीत रिलिज गरियको छ। चलचित्र असोज ५ गतेबाट रिलिज हुने छ। चलचित्रको गीतमा अर्जुन पोख्रेलको संगीत छ।  लोकराज अधिकारीको शब्द रहेको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको आवाज छ । गीतलाई कभर डान्स गर्ने हरुकोलागी असोज ५ गते सम्म समय रहेको निर्देशक सविर श्रेष्ठले जानकारी दिए ।
विजेताको घोसना असोज ८ गते गरिने छ रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा महेन्द्र अधिकारी सह निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता केदार धिताल हुन् ।गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार राजाराम पौडेलको नृत्य हेर्न सकिन्छ ।