गृहमन्त्री थापा बादल सत्ताका दलाल ठेकेदार हुन् यसको मूल्य चुकाउन तयार छौँ प्रकाण्ड ,,

भदौ २४, काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन म्याद थप गरिएपछि बाहिरिने क्रममा विश्वकर्माले यसको मूल्य चुकाएर छाड्ने पनि चेतावनी दिए । सरकारी पक्षले बहसमा केहि पनि भन्दैन राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा फसाउने नियत नै देखिन्छ’।

विश्वकर्माले भने, ‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी भएका छन् । क्रान्तिपछि कोही प्रतिक्रियाबादीहरु हुन्छन्, कोही प्रतिक्रान्तिकारी हुन्छन् र राष्ट्रघाती पनि हुन्छन्, यो स्वभाविक हो ।नेता विश्वकर्माले गृहमन्त्री तथा आफ्ना पूर्वसमकक्षी रामबहादुर थापा बादलप्रति आक्रोश पोख्दै यसको मूल्य तिर्न नसक्ने गरि चुकाएर छाड्ने चेतावनी पनि दिए ।१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’, उनले भने, ‘उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् । यसको मूल्य नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।प्रकाण्डले भने ,,