छक्का पन्जा ३ ले गर्यो अर्को गीत रिलिज उमेर ढल्किन्छ ,,
भदौ २५ ,काठमान्डौ – गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ । नवलपरासीको सीजी ग्रुपको परिसरमा छायांकन गरिएको यो गीतको भिडियो उत्कृष्ट छ । दर्शकका लागि यो लोकेशन फ्रेस लाग्छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ ।
दशैंमा रिलिज हुन लागेको यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ ।विपिन मल्लको सम्पादन रहेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।