लगातार ३ फ्लिम हिट भएपछि पूजाले गरिन ह्याट्रिक ,,

भदौ २५ , काठमान्डौ – एकै चोटी ३ फ्लिम हिट भएपछि पुजा शर्माको नाम खुबै चर्चामा छिन ।पूजाको ‘प्रेमगीत, म यस्तो गीत गाउँछु र रामकहानी’ बक्स अफिसमा सफल भएका छन्। लगातार तिन वटा चलचित्र हिट भएपछि पूजालाई न. १ नायिका समेतमा गनीएको छ ।‘प्रेमगीत, म यस्तो गीत गाउँछु’ले बक्स अफिसमा कमाई गरेका थिए भने ‘रामकहानी’ पनि सोही बाटोमा छ । रामकहानी हेर्न पुगेका नायक भुवन केसीले पुजाको प्रसंसा गर्दै भने ,उनले लगातार तिन फ्लिममा ह्याट्रिक गरेकी छिन।

म उनलाई नेपालकै न. एक नायिका भन्छु। तेस्तै अर्की नायिका रेखा थापाले पनि चलचित्र संगै पुजाको तारिफ गरेकी छन् ।चलचित्र हेर्न पुगेका अधिकांशले यसको कथावस्तु, सस्पेन्स र कमेडी उत्कृष्ट रहेको बताए । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । लभस्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनले यो चलचित्रमा पनि त्यो पाटोलाई बलियो बनाएका छन् ।चलचित्रले बक्स अफिसमा राम्रो आम्दानि गर्न सफल भएको छ ।