निर्मला बलात्कार हत्याको छानबिनमा संलग्न उपसचिवले भने मलाई मार्ने धम्कि आयो तेही भएर राजिनामा गरे ,,
भदौ २५ ,- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिनमा खटिएका उपसचिव वीरेन्द्र केसीले आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेका छन्।सोमबार समितिबाट राजीनामा दिएका प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले छानबिनको क्रममा आफूले गरेका अनुसन्धानका कारण शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थासँग जीवन रक्षाको अपिल गरेको बताएका छन् ।
‘समय थप्दा एकातिर अभियुक्त थुनामा राख्ने म्याद सकिन्छ अर्कातिर डिएनए परीक्षणको रिपोर्ट पनि जटिल हुन्छ भन्ने मेरो कुरा हो, तर पनि समय थपियो,’ केसीले भने, ‘म्याद थप्दा दुर्घटना हुने र अपराधी उम्कन सक्ने कुरा बारम्बार राखे पनि त्यसको सुनुवाइ नभएपछि समितिबाट अलग भएँ।निर्मला र उनको परिवारलाई यस समितिमार्फत् न्याय दिन आफ्ना तर्फबाट असम्भव देखिएकाले समितिबाट अलग भएको उनले बताए।
उनले समितिमा बसेर प्रतिवेदन तयार पार्दा झन् ठूलो सुरक्षा खतरा हुने देखिएकाले अलग भएको बताए। तर आफूलाई कोबाट सुरक्षा खतरा छ भन्ने खुलाएनन्। सत्य तथ्य घटनाको छानबिन गर्न सरकारले १५ दिन म्याद थप गरेको थियो। भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।