surkhet

ठमेलको ज्याठामा भिसन आगलागी, करिब १० करोड क्षति ,,

surkhet

भदौ,२६ काठमाडौं – ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो ।

Gorkha

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गाैतम तुलाधर र अजयरत्न स्थापितकाे घरमा पनि अागाेले क्षति पुर्याएकाे छ । आगलागी बाट १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। मानविय क्षति भने नभयको दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले जानकारी दिनु भयो। समयमै दमकल पुगे पनि आगलागी बाट सिलिन्डर पड्किन थालेपछि आगो निभाउन गारो भयको डीएसपी मल्लले भन्नुभयो।

salyan