निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा फेरी सुरु भयो दबाब मुलक आन्दोलन ,,

भदौ २८ , काठमाण्डौ – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको छ । साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो । निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै डेढ महिनादेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनमय बनेको छ ।

महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन विहीबारदेखि शुरु गरेको हो । भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो । आन्दोलन निर्मलाको हत्यारा पत्ता लगाउनलाई हो। ,छानबिन समितिले केहि टुंगो लगाउछकि भनेको त्यो पनि भएन। अब जब सम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन र उनले न्याय पाउदिनन तब सम्म हाम्रो आन्दोलन जारि रहन्छ अधिकार कर्मी हरुले भने।

उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।‘शुक्रबार हामीले सरकारी कार्यालय र गाडी बन्दको कार्यक्रम बनाएका छौं’ उनले भने, ‘क्रमबद्ध रुपमा आन्दोलन अघि बढ्ने छ ।’ नेविसंघले ३० गते कञ्चनपुर बन्दको आब्हानसमेत गरेको छ । ‘अहिले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएका छौं’, केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘त्यसपछि आगामी आन्दोलनका कार्यक्रम अघि बढ्ने छन् ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन । प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनी पनि रिहा भइसकेका छन् । न्याय माग्दै निर्मलाका आमा बुबा काठमान्डौमा आयका छन् दबाबमुलक कार्यक्रम अन्र्तगत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाज लगायतसँग भेट गर्ने कार्यक्रम छ ।प्रहरीले अनुसन्धानका क्रममा अब शंकास्पद रहेका सबैको डीएनए परीक्षण गर्ने लगायत अनुसन्धान साँघुरो बनाउदै लैजाने बताएको छ । ‘अनुसन्धान निकै सिरियस भएर गरिरहेका छौं’ डीएसपी कृष्णराज ओझाले भने, ‘अब डीएनए परीक्षण शंका लागेका मानिसहरुको समेत गरिन्छ ।

नेविसंघले ३० गते कञ्चनपुर बन्दको आब्हानसमेत गरेको छ । अहिले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएका छौं’, केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘त्यसपछि आगामी आन्दोलनका कार्यक्रम अघि बढ्ने छन् ।नेविसंघले निर्मला हत्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्चाइनुपर्ने, घाइतेहरुको उपचारमा ध्यान दिइनुपर्ने, दिलीपसिंह विष्टलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसमेत राखेको छ ।