suekhet
bheriad

सुस्मिताले इन्गेजमेन्ट गरेपछि भूवन केसीले दिए शुभकामना ,,

lekabesi

२९ भदौ , काठमाण्डौ – नायिका तथा निर्मात्री सुस्मिता केसीले सन् २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने भएकी छिन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । अष्ट्रेलियाका ग्यास व्यापारी किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । एकल जिबन बिताई रहेकी सुस्मिताले ईन्स्ट्राग्राममा एक युवकलाई चुम्बन गरेको फोटो पोस्ट पनि गरेकी छिन ,र भनेकी छिन उँहा मेरो श्रीमान् हुनुहुन्छ  ।उनलाई पाएपछि म भरिपुर्ण भएको सुस्मिताले बताएकि छिन।

यस विषयमा नायक भुवन केसीले सुस्मितालाई सुभकामना दिएका छन् ।भुवन सुस्मिताका पुर्व पति हुन् भुवनले भनेका छन् ।अनमोल ५ वर्षको हुँदा पनि उनले नै डिभोर्स गर्ने निर्णय गरेकी हुन् ।यसपटक बिहेको निर्णय प्पानी उनले नै गरिन। म उनलाई सुभकामना दिन चाहन्छु  ।अहिले अनमोल बाबु भुवन संग बसेका छन् ।सुष्मितासँग छुट्टएिपछि भुवन नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् । श्रीमान-श्रीमतीकै रुपमा बसिरहे पनि बिहेको विषयमा भने दुवै मौन बसेको देखिन्छ ।