Simta
Gurvakot
Gurvakot

पत्रकार बस्नेतको गिरफ्तारी कानुनअनुसार भएको छ : गृहमन्त्री थापा बादल ,,

भदौ, २९ काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले कानुन अनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको बताए । पत्रकार बस्नेतले नेकपा नेताहरु बारे लेखिएको समाचारलाई लिएर उजुरी परेपछि पक्राउ गरिएको हो। राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।