ऋषिप्पन्चमी को पुजा संगै सकियो आज बाट तीज ,,
२९ भदौ ,काठमान्डौ – महिला हरुको महान पर्व तीज आज बाट सकियको छ ।आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मानाए पछि सकिने गर्दछ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटी भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।आज साञ्ज सम्म महिला हरुले अन्तिम नाच गान पनि गर्ने गर्दछन ।