surkhet

राष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन निर्मलाको हत्यारालाई कानुनि दयारामा ल्याउनुस ,,

surkhet

भदौ २९ , काठमान्डौ – १३ वर्षिया निर्मलाको बलात्कार पछि हत्या भएपछि विभिन्न सरोकार वाला , मानव अधिकार कर्मीले आवाज उठाएको छ ।तेसै विषएलाइ लियर रास्ट्रपति विद्या देवी भण्डारीले पनि मुख खोलेकी छिन। निर्मलाको हत्यामा संलग्नलाई कानुनि दायरमा ल्याउन सम्बन्धित पक्षसंग आग्रह समेत गरेकी छिन ।निर्मलाका आमा बाबु अहिले काठमान्डौमा न्याय माग्दै भौतारी रहेका छन् ।न्यायको छटपटी देख्दा आफुलाई सारै दया लागेर आयको समेत भण्डारीले बताएकि छिन।

Gorkha

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्नलाई कानूनी दायरामा ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ’,। राष्ट्रपतिले भनिन् । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको बताइन् । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उनले बताइन् । ‘कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो’, उनले भनिन्, ‘यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।’ आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उनको जोड थियो । यसवर्षको बाल दिवसको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार’ रहेको छ ।

salyan