सर्वाधिक राशीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा माघ ९ गतेदेखि १९ गतेसम्म सर्वाधिक राशीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको छ । पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा ४ विदेशी टोली तथा दुई नेपाली टोलीको समावेश गर्ने जानकारी दिएको छ ।
विदेशी टोलीका लागि भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनलाई पत्रचार गरेको आयोजकले जनाएको छ। यसैगरी नेपालबाट रातो र निलो गरी दुईटिम समावेश गरिने छ । प्रतियोगितामा भुटानको यु–२३ टिम आउने भने पक्का भैसकेको छ । पत्रकार सम्मेलनमा दशरथ रंगशालामा संचालन हुने प्रतियोगितामा ६ टोलीलाई दुईसमूहमा विभाजन गरी लिगका आधारमा खेलाइने बताईयको छ । समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता विजेताले २५ हजार अमेरिकी डलर, दोस्रो हुने टोलीले १० हजार डलरसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् ।