जनकपुरदेखि भारतको पटना सम्म बससेवा सुरु ,,

भदौ, ३१ ,जनकपुरधाम – जनकपुरबाट भारत विहारको राजधानी पटनासम्म बससेवा शुरु भएको छ । बस सेवाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हरियो झण्डा देखाएर उदघाटन गरेका हुन् । बससेवा आईतबार देखि सुरु भएको छ ।मञ्जुश्री प्रालिले नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट भिट्टामोड, सीतामढी, मुजˆफर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवा जनकपुरबाट बिहान १० बजे र राति ८ बजे बस खुल्ने छ । त्यस्तै पटनाबाट जनकपुरकालागि अपरान्ह ३ बजे, बिहान ४ बजे र राति ९ बजे बस छुट्ने समय तालिका छ । बससेवामा सवार गर्नलाई नेपालि रुपैँया ४ सय ४० तोकीएको छ ।यो सेवा बाट नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्ध अझै प्रगाढ हुने प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतले बताए।

यसअघि गत भदौ २५ गते नेपाल भारत मैत्री बस भारत विहारको राजधानी पटनाबाट जनकपुरको लागि छुटेको थियो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना-जनकपुर बस सेवाको शुभारम्भ गरेका थिए ।सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-पटना र काठमाण्डौं-बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए ।मोदीले घोषणा गरेको ४ वर्षपछि बससेवा शुरु भएको हो । तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उदघाट्न गरेका जनकपुर-अयोध्या बससेवा अझै सञ्चालनमा आउन सकेको छैन ।