surkhet

दसैँको लागि असोज ५ गते बाट टिकेट बुकिङ्ग खुल्ला ,,

surkhet

असोज १ , काठमान्डौ – बस व्यवसायीले असोज ५ गते देखि दसैँको लागि टिकेट बुकिङ्ग खुल्ला गर्ने भएको छ ।यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको छ । यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए । तर छलफलका क्रममा विभागले माग सम्बोधन नगरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।

salyan