जन्मदिनमा किन रोएकि थीइन निता ,,

असोज १ , काठमान्डौ – नायिका नीता ढुंगानाले २९ गते शुक्रबार बेलुकी काठमाण्डौको एक होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनका आँखाभरी आँशु भयो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाको कुराले नीताको आँखा रसाएको हो । केक काट्नु अगाडि शुभकामना दिने क्रममा नीतालाई दीपाले काममा मिहिनेत गर्न र अरु कुरा नसोच्न आग्रह गरिन् । दीपाले भनिन्-‘हाम्रो निर्माणमा बनेको पहिलो चलचित्र ‘६ एकान ६’मा नीता नायिका थिइन् ।
त्यसपछि हाम्रो काम गर्ने अवसर मिलेको छैन । अब, उनले मेरो निर्देशनमा काम गर्नेछिन् ।’ दीपाले यसो भनिरहँदा नीताका आँखा रसाएका थिए । नीतालाई जन्मदिनको शुभकामना दिनका लागि नायिका सुष्मा कार्की, नायक आर्यन अधिकारी, निर्माता सुरेश अधिकारी, कलाकार अनुराग कुँवर लगायत अन्य कलाकार पुगेका थिय ।हरेक वर्ष जन्मदिन मनाउदा कलाकार हरुले दिने गरेको माया र हौसलाले नितालाइ अगाडी बढ्न अवसर मिलेको बताउछिन । निता संग डान्स गर्दै दिपकले अब मौका मिलाएर संगै काम गर्ने पनि बताएका थिए।’
