surkhet

बस्ति बसाउदा धुर्मुस सुन्तलीलाई ६० आख ऋण ,,

surkhet

रंग दर्पण २६ माघ -रौतहट : रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरबाट धुर्मुस सुन्तलीले ६० लाख ऋण बोकेर शुक्रबार काठमाडौं फर्किएका छन्।५ करोड ९४ लाख लागतमा एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको छ।

माघ २३ गते बाढी पीडितलाई घर हस्तान्तरण गर्दा ७० लाख रकम अपुग भएको थियो।त्यसपछि १० लाख रकम सहयोग जुटेको छ, अझै ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।

बस्ती निमार्णका लागि ल्याइएको सामाग्रीवापतको करिब ६० लाख रकम तिर्न बाँकी रहेको र त्यो रकम सहयोग जुट्नेमा आशावादी रहेको बस्तीका बासिन्दासँग बिदा माग्दै फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार धुर्मुसले बताए।

Dailekh

सरसफाइमा विशेष ध्यान दिन, सबैजना मिलेर बस्न, छोराछोरीलाई विद्यालय पठाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न र बस्तीको हेरचाह गर्न आग्रह गर्दै धुर्मुस सुन्तली रौतहटबाट फर्किएका छन्।

Gorkha

करिब ६० लाख बाँकी भएपनि तोकिएको मिती अगावै पीडितलाई घर हस्तान्तरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बाँकी रकम सहयोग गर्न उनीहरुले अपिल गरेका छन्।

हास्य कलाकार धुर्मुसले भने ‘बाँकी रहेको रकम चाँडै तिर्नुपर्ने छ, रकम जुट्नेमा विश्वस्त छु।’ एकसय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएकोमा सबैभन्दा खुशी व्यक्ति गर्दै, असल र सकारात्मक सोच लिएर अघि बढ्दा सबैबाट साथ र सहयोग पाएकाले मानवसेवामा लागिरहने प्रेरणा मिलेको समेत उनीहरुले बताए।

असोज २८ गते बाट निमार्ण सुरु गरेको नमुना बस्तीमा ४७ वटा आवसीय घर, बाल विकास विद्यालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर, खानेपानीको धारा र बाटो निमार्ण गरिएको छ।

उनीहरुलाई बस्तीका सबैभन्दा वृद्धा एकसय ७ वर्षीया रामकल्ली देवी हजरा र बस्ती निमार्ण समितीका अध्यक्ष सत्यनारायण माझी मुसहरले विदाइ गरेका हुन्।

salyan