Simta
Simta
lekbesi

सुडानमा नेपालि सेनामाथि गोलि प्रहार ,,

Gurvakot

असोज १ , काठमाडौँ – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाका जवानमाथि गोली प्रहार भएको छ । श्री सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानमाथि गत भदौ ३० गते गोली प्रहार भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । घाइते सैनिकको नाम भने खुलाइएको छैन ।स्थानिय समय अनुसार करिब बिहान ८ः३० बजे गोडामा गोली लागि घाइते भएको बताइएको छ ।

दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पट्राल फर्कने क्रममा गोली लागेको थियो । उक्त गोली दक्षिण सुडानको पिपल्स लिबरेसन आर्मी (एसपिएलए) ले प्रहार गरेको नेपाली सेनाले जनाएको छ ।घाइते सैनिकलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र हाल उनको अवस्था खतरा मुक्त रहेको छ ।

Simta