सुर्खेतमा भेटियो घरेलु मदिरामा प्रयोग गरिएको कण्डम र कुहियको मोजा ,,
असोज १ , सुर्खेत – चाड पर्व नजिकिदै गर्दा घर घरमा मधिरा बनाउने कार्य तिब्र रुपमा भएको पाईन्छ। तर ख्याल गर्नुस सस्तो र कडक तीनपाने भन्ने जस्ता शब्दले तपाईको ज्यान पनि जान सक्छ। जसले मानव जिबनमा घातक रोग लाग्न सक्छ। घरेलु मधिराका कारण घरमा महिला हिंसा बढिरहेको भनेर सुर्खेतमा प्रहरीले घर घरमा छापा मारेको छ।
तर सुर्खेतको मंगलगढी र झुप्रामा छापा मार्दा भेटियको घरेलु मदिरामा कुहियको मोजा , कण्डम र महिलाको भित्रि वस्त्र प्यानटि समेत भेटियको सुर्खेत प्रहरीले बतायको छ। लामो समयसम्म प्रयोग भएका त्यस्ता वस्तुले मदिरालाई कडा बनाउने भन्दै प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
घरेलु मदिराका कारण समाजमा हिंसा बढेको धेरै गुनासो आयो’ प्रहरी प्रमुख एसपी बसन्त रजौरेले भने, ‘त्यसैले हामीले नगरक्षेत्रका विभिन्न ठाउँमा छापा हान्यौं ।तर त्यहाँ मदिरा मात्रै होइन, सुन्ने वित्तिकै घृणा लाग्ने वस्तुहरु प्रयोग गरिएको समेत भेटियो । शनिबार मात्र सुर्खेत प्रहरीले ३ हजार लिटर भन्दा माथि घरेलु मधिरा नस्ट गरेको छ। समाजमा अन्य अपराधिक क्रियाकलाप समेत बढ्दै गएपछि अवैध मदिराप्रति कडा निगरानी राखिएको डिएसपी श्यामसिंह चौधरीले बताए । साथै चाड पर्वमा जाँड, रक्सि खायर जता भावी हो हल्ला गर्नेलाई कसुर हेरी कारवाही गरिने पनि श्यामसिंहले जानकारी गरेका छन् ।