विषाक्त रक्सिका कारण ५ जना नेपालीको मृत्य मलेसिया ,,
असोज २ काठमाण्डौ – रक्सि नखाने कुनै पनि देशमा मान्छे छैनन होला तर स्वदेश होस् या विदेशमा होस् प्राय नेपालि दाजु भाई हरु रक्सि खाएर मर्ने गरेको खबर सुनिन्छ । मलेसियाको क्वालालम्पुरमा विषाक्त रक्सी सेवनका कारण ५ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना बंगलादेशी नागरिक पनि रहेका छन्। भने १५ जना नेपालीको अवस्था चिन्ताजनक छ।
उनि हरुको अहिले क्वालालम्पुरको सुनगाईबुलो, प्ल्यांक र बान्सिङ अस्पतालमा उपचार भईरहेको छ । राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर क्षेत्रमा काम गर्ने नेपालीहरुले आइतबार छुट्टीको दिन विषाक्त रक्सी सेवन गरेका थिए । रक्सि सेवनबाट मृतु भएको समाचार मलेसियाली सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाका अनुसार आइतबार छुट्टीको दिन नेपालीहरुले सेलाङ्गोर क्षेत्रमा विषालु रक्सी पिएका थिए ।
टाइगर नामक वियर र अन्य केही ह्विस्की पिएका उनीहरुमध्ये ५ जना नेपालीको मृत्यु भएको जानकारी आएको प्रवक्ता मुखियाले बताए । स्थानीय समयअनुसार साँझ ६ बजेसम्ममा ३ जना नेपालीको मृत्यु भएको जानकारी आएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । मृतु हुने मध्ये २ जनाको सनाखत भएको छ जसमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेका छन् ।