Gold
Bangad salyan

२०३३ सालको कथामा आधारित चलचित्र ‘पञ्चायत’ नेपालबाट अक्सर अवार्डको लागि छनोट ,,

Salyan

असोज ४ , काठमान्डौ – चलचित्र पञ्चायत अस्कर अवार्डमा परेको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको हो । चलचित्र पञ्चायत २०३३ सालको पुरानो कथामा निर्माण भएको छ । विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि ३ चलचित्रमध्ये एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरिय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेकोमा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषणा आदिलाई ध्यानमा राखेर शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको हो ।

अवार्डमा सहभागी हुनका लागि ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए ।छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन्। तेस्तै सदस्यहरुमा प्रदिपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, लोकेन्द्र पराजुली र चिरञ्जीवी गुरागाँई छन् ।