suekhet
bheriad

lekabesi

रंग दर्पण २६ माघ -फिदिम : फिदिम बजारको एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ। बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो। बाक्लो बजारबीच घरबाटै आगलागी सुरु भएपछि बजारभरिका मान्छे आत्तिएका थिए। स्थानीय बासिन्दा, जनपथ प्रहरी, शसस्त्र प्रहरी
आगलागीबाट निरौलाको १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। समयमै आगो नियन्त्रणमा लिएकाले फिदिम बजार ठूलो आगलागीबाट बचेको प्रहरीले भनाइ छ। र नेपाली सेनाको टोलीले आगो नियन्त्र गरेको छ। दम्कलको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

यसलाई पनि पढ्नुहोस

प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

विराटनगर : प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त हुने भएको हो । जसमा राईले बाजी मारे । संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक/समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहेका थिए ।

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका थिए । राई भोजपुर ‘ख’ बाट प्रदेश सभामा विजयी भएका हुन् भने आचार्य सुनसरी १ ‘ख’ बाट विजयी भएका थिए । विजयी राई एमाले अध्यक्ष ओलीनिकट हुन् भने पराजित आचार्य वरिष्ठ नेता झलना खनाल र माधव नेपालनिकट हुन् ।

को हुन् शेरधन
शेरधन राई भोज १ ख बाट नेकपा एमालेका प्रदेशसभा सदस्य निर्वाचित सदस्य हुन्। उनी बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते भोजपुरमा जन्मिएका हुन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। तीन वर्ष भूमिगत जीवन बिताएका राई हाल नेकपा एमाले वैकल्पिक पोलिटव्युरो सदस्य हुन्।