प्रधानमन्त्री ओली आज ९ बजे राती अमेरिका जाँदै ,,

असोज ६ काठमान्डौ – नेकपा का नेता तथा वर्तमान प्रधानमन्त्री केपी ओली आज अमेरिका जाने भएका छन् ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व अमेरिका जान लागेको हो । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलार्इ पनि भ्रमण टोलीमा समेटेको छ ।

राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई ओलीले असोज ११ गते सम्बोधन गर्ने छन तैपनि ओली ५ दिन अगाडीनै अमेरिका जान लागेका हुन् मणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि भेटघाट गर्ने तयारी छ । ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेकलगायतसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।