दसैँको टिकेट भन्दा भन्दै बढ्यो १० प्रतिशत ,,

असोज ६ – दशैं नजिकिदै गर्दा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ ।पेट्रोलियम पदार्थको मूल्य बृद्धि घटाउन पर्ने माग सहित आन्दोलनमा उत्रियका याता यात व्यावसायिक संघ र सरकार बीच बार्ता पछि यातायातमा दस प्रतिशत भाडा बृद्दि भयको हो।

यसको सबै मार भनेको सर्वसाधारणमा परेको छ ।दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि दुवै पक्ष बीच यस्तो सहमति भयको हो ।शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ। यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अगि्रम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर कहिले बाट भन्ने कुराको मिति तोकियको छैन। सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता समेत रोक्का गरेको थियो ।